उड्डयन क्षेत्र व्यवस्थित नहुँदा पर्यटन क्षेत्र र अर्थतन्त्रमा असर गरेको छ: मन्त्री पाण्डे
२०८२ असार १७ मंगलवार
- मंगलबार काठमाडौंमा नेपाल एरलाइन्सको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल एरलाइन्स सबैसँग जोडिएको विषय भएको भन्दै यसको विकास भएको खण्डमा पर्यटन क्षेत्र र अर्थतन्त्रको विकास हुने औंल्याए ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्स व्यवस्थित भयो भने पर्यटन क्षेत्र र अर्थतन्त्रलाई पनि सुधार गर्न सक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल एरलाइन्सको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल एरलाइन्स सबैसँग जोडिएको विषय भएको भन्दै यसको विकास भएको खण्डमा पर्यटन क्षेत्र र अर्थतन्त्रको विकास हुने औंल्याए ।
उनले भने, ‘राज्यले पनि यसलाई महत्व दिएको छ र जनशक्तिले पनि यसलाई प्रचार गर्ने हिसाबमा प्रस्तुत भएको देखिन्छ । नेपालका नागरिक उड्डयन क्षेत्र राम्रो गरि चल्यो भने पर्यटन क्षेत्रको विकास हुन्छ । नेपाल एरलाइन्स राम्रो भएन भने उड्डयन क्षेत्र राम्रो बनाउने वातावरण नै बन्दैन् । यसरी पर्यटन क्षेत्र पनि अगाडि बढ्न सक्दैँन् । यसले अर्थतन्त्रलाई पनि प्रभाव पार्छ ।’
यस्तै, उनले देश चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला एयरलाइन्सलाई पनि समस्या भएकाले यसको राम्रो व्यवस्थापन र आर्थिक एवम व्यवसायिक सफलता हासिल गर्नुपर्ने थियो त्यो नभएको बताए ।
उनले भने, ‘हामी निकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छौ । देशको अर्थतन्त्र पनि चुनौतीपूर्ण नै छ । एयरलाइन्सले जुन व्यवस्थापन र आर्थिक एवम व्यवसायिक सफलता प्राप्त गर्नुपर्ने थियो । भएको छैन् । त्यसैले अबका दिन सुधारको लागि के गर्नुपर्छ भन्ने कुरामा सबैले ध्यान दिनु हुनेछ र निष्ठापूर्वक काम गर्नु हुनेछ भन्ने विश्वास छ ।’
नेपाल एरलाइन्सले पनि सुधारका संकेतहरु देखिने गरि काम गर्ने अपेक्षा गरेको पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।