- यस दिन सेन्सेटिभ इण्डेक्स १.९५ अंकले बढेको छ, अघिल्लो कारोबार दिन यो इन्डेक्स ४.७० अंकले बढेको थियो । फ्लोट इण्डेक्स ०.७७ अंकले बढेको छ त्यसैगरी आज सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले बढेको छ ।
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक ९.१९ अंकले बढेर २६ सय ३१.४८ अंकमा पुगेर रोकिएको छ । यसअघि आइतबार नेप्से २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको थियो ।
यस दिन सेन्सेटिभ इण्डेक्स १.९५ अंकले बढेको छ, अघिल्लो कारोबार दिन यो इन्डेक्स ४.७० अंकले बढेको थियो । फ्लोट इण्डेक्स ०.७७ अंकले बढेको छ त्यसैगरी आज सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले बढेको छ ।
अघिल्लो कारोबार दिनभन्दा यस दिन भने कारोबार रकम केहि घटेको छ । आज कुल ३१८ स्टकको ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको छ । आइतबार ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर खरिद बिक्री भएको थियो ।
यसदिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्यमा ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज ३२.४८ रुपैयाँले बढेर ३५८.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । धौलागरि लघुवित्त वित्यि संस्था लिमिटेडको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्दै १३०.५६ रुपैयाँले बढेर १४६२.५४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य पनि १७७.२२ रुपैयाँले बढेर २१११.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस्तै, सिन्धु विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर मूल्य पनि क्रमशः ७.८१ र ७.२१ प्रतिशतले बढेको छ ।
यस दिन पञ्चकन्या माइ हाइड्रो पावर, ग्रिन डेभलप्मेन्ट बैंक र पिपुल्स हाइड्रो पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । पञ्चकन्या माइ हाइड्रोको शेयर मूल्य ४.९२ प्रतिशतले घटेको छ भने ग्रिन डेभलप्मेन्ट बैंक र पिपुल्स हाइड्रोको शेयर मूल्य क्रमशः ४.६५ र ३.७५ प्रतिशतले घटेको छ ।
आज साहस उर्जा लिमिटेड, सानीमामाई हाइड्रो पावर बुटवल पावर कम्पनी र सप्तकोशी हाइड्रोको शेयर सर्वाधिक कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।