नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले वृद्धि

२०८२ असार १५ आईतवार
सारांश
  • अघिल्लो कारोबार दिन बिहीबार ४.४५ अंकले घटेर २६ सय बिन्दुभन्दा तल झरेको नेप्से आईतबार १.०२ प्रतिशतले वृद्धि हुँदै २६ सयभन्दा माथिल्लो विन्दुमा पुगेर रोकिएको हो ।

काठमाडौं : साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको छ ।


अघिल्लो कारोबार दिन बिहीबार ४.४५ अंकले घटेर २६ सय बिन्दुभन्दा तल झरेको नेप्से आईतबार १.०२ प्रतिशतले वृद्धि हुँदै २६ सयभन्दा माथिल्लो विन्दुमा पुगेर रोकिएको हो ।


यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० प्रतिशतले बढेको छ । अघिल्लो कारोबार दिन यो इन्डेक्स १.२१ अंकले घटेको थियो । यस दिन फ्लोट इण्डेक्स २.०५ अंकले बढेको छ, यस अघि यो इन्डेक्स ०.३८ अंकले घटेको थियो । त्यसैगरी आज सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले बढेको छ ।


अघिल्लो कारोबार दिनभन्दा यस दिन भने कारोबार रकम केहि घटेको छ । आज कुल ३२८ स्टकको ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर खरिद बिक्री भएको छ । यस अघि बिहीबार कुल ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।यसदिन सप्तकोशी विकास बैंक लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज ९९.५२ रुपैयाँले बढेर १ हजार ९५.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । विन्ध्यवासीनी हाइड्रो पावर विकास कम्पनी लिमिटेडको शेयर मूल्य आज ८.९७ प्रतिशतले बढेर ४९५.६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी माछापुच्छ«े बैंकको डिबेन्चरको मूल्य पनि ९०.३० रुपैयाँले वृद्धि हुँदै १२ सय ५.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।


यसदिन जोशी हाइड्रो पावरको शेयर मूल्य सबैभन्दा धेरै ५.५७ प्रतिशत अर्थात १९.३१ रुपैयाँले घटेर ३२७.७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनीलिभर नेपाल लिमिटेडको शेयर मूल्य १ हजार ६३८ रुपैयाँले घट्दै ४५ हजार २५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी यस दिन पञ्चकन्या माइ हाइड्रो पावर, पियोर इनर्जी लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य पनि सर्वाधिक घटेको छ ।


आज साहस उर्जा लिमिटेड, बुटवल पावर कम्पनी, युनियन हाइड्रो, नाग्दी ग्रुप र राधि जलविद्युत कमपनीको शेयर सर्वाधिक कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार