४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो
२०८२ असार ०९ सोमवार
- यस दिन सेन्सेटिभ इण्डेक्स ०.९७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले बढेको छ ।
काठमाडौं: साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचकमा केहि सुधार भएको छ ।
आइतबार ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको नेप्से सोमबार ४.७८ अंकले वृद्धिहुँदै ०.१८ प्रतिशतले बढेर २६००.७६ बिन्दुमा पुगेर रोकिएको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ०.९७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले बढेको छ ।
यद्यपी आईतबारको तुलनामा यसदिन कारोबार रकम भने घटेको छ । आज कुल ३२५ स्टकको ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरिद बिक्री भएको छ । आईतबार ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिदबिक्री भएको थियो ।
आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र पञ्चकन्यामाई हाइड्रो पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जोशी हाइड्रो पावर कम्पनीको शेयरमूल्य यस दिन ३४.८० रुपैयाँले बढेर ३८३.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी पञ्चकन्यामाई हाइड्रोको शेयर मूल्य पनि ३४.०१ रुपैयाँले बढेर ३९५.१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै यसदिन बरुण हाइड्रो पावर कम्पनीको शेयर मूल्य करीब साढे ५ प्रतिशतले बढेको छ । पाँचथर पावर कम्पनीको मूल्य ५.१८ प्रतिशत बढेको छ भने राधि जलविद्युत कम्पनीको शेयर मूल्य ४.८६ प्रतिशतले बढेको छ ।
त्यसैगरी, गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ । पियोर इनर्जी र दोर्दि खोला जलविद्युत कम्पनीको शेयर मूल्य पनि क्रमशः ५.६८ प्रतिशत र ४.८९ प्रतिशतले घटेको छ ।
राधि जलसविद्युत कमपनी, बुटवल पार कम्पनी, नाग्दी ग्रुप पावर लिमिटेड, सानीमामाई हाइड्रोपावर र हिमालयन पावर पार्टनरको शेयर आज सर्वाधिक माग भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।