मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, असारभित्रै निर्माण सकिने आशा
२०८२ असार ०९ सोमवार
- निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको भन्दै मन्त्री चौधरीले तोकिएको समयमै रंगशाला सम्पन्न हुने आशा व्यक्त गरेका हुन् ।
काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् ।
निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको भन्दै मन्त्री चौधरीले तोकिएको समयमै रंगशाला सम्पन्न हुने आशा व्यक्त गरेका हुन् ।
निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै मन्त्री चौधरीले मौसम प्रतिकूल हुँदा पनि ठेकेदारले उल्लेखनीय रुपमा काम अघि बढाएको उल्लेख गरे ।
‘काम तुफान गतिमा भइरहेको छ । मौसमले साथ दियो भने असारभित्रै रंगशाला सम्पन्न हुने हाम्रो आशा छ,’ उनले भने ।
उनले निर्माणकार्यमा खटिएका सबैलाई पानी नपरेको बेला दिनरात नभनी काम गर्न आग्रह गरे ।
क्रिकेटप्रति युवाहरूको बढ्दो आकर्षणप्रति उनले सम्मान प्रकट गर्दै भने,‘देशमा क्रिकेटको जुन क्रेज छ, म त्यो ऊर्जा र जोशलाई नमन गर्न चाहन्छु । तर क्रिकेट मात्र होइन, सबै खेलमा नेपाली खेलाडीहरूले ऐतिहासिक उपलब्धि हासिल गरिरहेका छन् ।’
उनका अनुसार यस वर्ष खेलकुद क्षेत्रमा सरकारले छुट्याएको पुरस्कार रकम ४–५ करोड रुपैयाँ भए पनि, अहिले खेलाडीहरूलाई दिइनुपर्ने पुरस्कार रकम १५–२० करोड रुपैयाँसम्म पुगेको छ । उनले आवश्यक थप बजेटका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’