- आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याव पुरै खसेको छ । स्ल्याव यसअघि गत बैशाख २६ गते क्रयाक भएको थियो । त्यसपछि निर्माण कम्पनीले सो भागलाई टाल्ने काम गरिहरेको अवस्थामा आइतबार बिहान स्ल्याब पुरै भाँचिएर भुईँमा झरेको स्थानीय पाण्डव प्रसाईँले बताए ।
रामेछाप : रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौली ठेडिखोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ ।
आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याव पुरै खसेको छ । स्ल्याव यसअघि गत बैशाख २६ गते क्रयाक भएको थियो । त्यसपछि निर्माण कम्पनीले सो भागलाई टाल्ने काम गरिहरेको अवस्थामा आइतबार बिहान स्ल्याब पुरै भाँचिएर भुईँमा झरेको स्थानीय पाण्डव प्रसाईँले बताए ।
‘पहिले भाँचिएको पुललाई प्राविधिक र निर्माणका कम्पनीको मिलेमतोमा टालटुल पारेर जिम्मामा लगाउने प्रयास भइरहेको थियो, तर अडिएन आज बिहान पुलको बिचको एक कौल स्ल्याब पुरै भाँचिएर झ¥यो’ उनले भने।
सडक विभागको पुल शाखाबाट आर्थिक वर्ष २०७८÷७९ सो पुल ठेक्का लगाइएको थियो । सो पुल ‘डिजाइन एण्ड विल्ड’ मोडलमा निर्माण भएको हो ।
पुलको निर्माण जिम्मा कालिका–कल्पवृक्ष जेभीले पाएको थियो । पुलको कुल २ सय ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको छ । पुल कर बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनिले हालसम्म प्रतिशत भुक्तानी भइसकेको छ।
सो पुल निर्माणको म्याद २०८२ साल भदौ मसान्तसम्म भए पनि निर्माण कम्पनीले यसै असारभित्र काम सकेर जिम्मा लगाउने तयारी गरेको थियो । तर पुलको निर्माण नसक्दै भत्किएको छ ।
यो पुल मन्थली नगरपालिका–६ र ७ लाई सिधा जोड्न तथा मन्थलीबाट खाँडादेवी, दोरम्बा शैलुङ, सुनपाति गाउँपालिका जान छोटो दुरीको सडक हुने गरी निर्माण गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’