- यस दिन सेन्सेटिभ इण्डेक्स ५.३८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंकले घटेको छ ।
काठमाडौं : नेप्से परिसुचकको ओरालो यात्रा कायमै छ । यसअघि लगातार तीन कारोबार दिन लगातार घटेको नेप्से आज (आइतबार) सातको पहिलो कारोबार दिन पनि नेप्से परिसूचक ३२.९३ अंक घटेर २५९५.९७ विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स ५.३८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंकले घटेको छ ।
गत बिहीबार ११ अर्ब २३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३१० स्टकको ८७ हजार ३०२ पटकको कारोबारमा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ३१.६२ रुपैयाँले बढेर ३४८.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको पियोर इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन दोर्दी खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ७५ करोड ७३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको साढे ७४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको साढे ४९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।