विकासका लक्ष्य प्राप्तीका लागि ठूलो मात्रामा लगानी आवश्यक’
२०८२ असाढ ५ बिहिवार
- बिहीबार एलडिसी स्नातक सम्बन्धी कार्यक्रममा बोल्दै लगानीको वातावरण सुधार गर्न कानूनहरु परिमार्जन गरिएको भन्दै अव लगानीको आवश्यकता रहेको औंल्याएका हुन् ।
काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका लागि ठूलो मात्रामा लगानीको आवश्यकता रहेको बताएका छन् ।
बिहीबार एलडिसी स्नातक सम्बन्धी कार्यक्रममा बोल्दै लगानीको वातावरण सुधार गर्न कानूनहरु परिमार्जन गरिएको भन्दै अव लगानीको आवश्यकता रहेको औंल्याएका हुन् ।
उनले भने, ‘दिगो विकास र नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका लागि ठुलो मात्रामा लगानीको अवश्यकता रहेको छ । पछिल्लो समयमा विदेशी लगानी आप्रवाह तथा विकास सहायता परिचालनमा देखिएको प्रवृति र संरचनागत समस्याहरु समदृष्टी गरी सरकारले विकासका आवश्यकता पुरा गर्न वैकल्पिक विकास वृत्त परिचालन सम्बन्धि विधेयक संसद्मा पेस गरेको छ ।’
उनले वैदेशिक सहायता परिचालन २०८२ जारी गरेको भन्दै लगानिको वातावरण सुधारका लागि काम भइरहेको बताए ।
‘सहायता परिचालनलाई प्रभावकारी बनाउन वैदेशीक सहायता परिचालन २०८२ जारी गरिएको छ । लगानीको वातावरण सुधार गर्न निजी क्षेत्रको सहकार्यमा लगानीसँग सम्बन्धित विभिन्न कानूनहरु सुधार तथा परिमार्जन गरिएको छ,’ उनले भने ।
उनले जलवायु सम्बन्धी विश्वव्यापी कोषहरुको पहँच कायम गर्दै उत्थानशीलता विकास गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।