नेप्सेमा १.०७ अंकको गिरावट

२०८२ असार ०४ बुधवार
सारांश
  • बुधबार ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ ।

काठमाडौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०७ अंकले घटेर २६५३.६८ को विन्दुमा कायम भएको छ ।


बुधबार ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । 
बुधबार नेप्सेमा भएको शेयर कारोबारमा ८८ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने एउटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।  


आज पियोर इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् भने जोशी हाइड्रोपावर कम्पनी र यूनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले समान ९.९९ प्रतिशतका दरले कमाएका छन् । 


यस्तै,आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता आज १० प्रतिशतका दरले गुमाएका छन् । 


सानिमा माई हाइड्रोपावरको सबैभन्दा धेरै ७१ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रोमा सिंगटी हाइड्रोको ६१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार