नेपालमा धेरै सम्भावनाहरु छन्, सदुपयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल
२०८२ जेठ २९ विहिवार
- मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘काम गरौं आफ्नै देशमा’नामक वित्तीय साक्षरता, उद्यमशीलता तथा आर्थिक सम्भाव्यताको खोज अभियान कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले नेपाली युवाले देशमै अवसर खोज्न सक्ने वातावारण निर्माण गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरेक क्षेत्रको अपार सम्भावना रहेको बताउँदै त्यसको समुचित सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘काम गरौं आफ्नै देशमा’नामक वित्तीय साक्षरता, उद्यमशीलता तथा आर्थिक सम्भाव्यताको खोज अभियान कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले नेपाली युवाले देशमै अवसर खोज्न सक्ने वातावारण निर्माण गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘आफूभित्रको सम्भावना र आफ्नै देशको सम्भाव्यता बुझ्न सकेको देशले मात्रै विकासमा गति लिन्छ । जोसँग जे छ, त्यसैको सदुपयोग गरेर अगाडि बढ्नुपर्छ । नेपालसँग नभएको केही चिज नै छैन । नेपालमा संसारको सबैभन्दा अग्लो सगरमाथा छ, हिमाल, पहाड, तराई छ । हामीसँग अन्नको भण्डार पनि धेरै नै छ । फलफूलका निम्ति अत्यन्तै सम्भावना बोकेको पहाड छ । जडिबुटीका निम्ति सम्भावना बोकेको हिमाली क्षेत्र छ । हामीसँग भएको वनस्पति, वन्यजन्तु संसारमा छैन होला । हरेक हिसावले सम्पन्न छौं ।’
उनले नेपालमा सगरमाथादेखि हिमाल, पहाड र तराईसम्मको भूगोलले अनन्त सम्भावना बोकेको बताए । उनले हिमाल, पहाड र तराई नेपालसँग भएकाले अन्न, फलफूल, जडिबुटी र वन्यजन्तुको दृष्टिले नेपाल सम्पन्न देश भएको बताए ।
अर्थमन्त्री पौडेलले जलस्रोतको दृष्टिले नेपाल संसारकै दोस्रो धनी देश भएको उल्लेख गर्दै त्यसको दीर्घकालीन व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राखे ।
उनले नेपालसँग आगामी ५० वर्षसम्म आन्तरिक आवश्यकतालाई पूरा गर्न सक्ने स्रोतसाधनहरू प्रशस्त भएकाले त्यसको उपयोग गरी देशभित्रै रोजगारी सिर्जना गर्न र युवालाई स्वदेशमै अवसर दिन सकिने उनले उल्लेख गरे ।
उनले भने, ‘जलस्रोतको दृष्टिकोणले संसारको दोस्रो धनी देश भन्छौं । हिमनदीहरु छन् । तर पछिल्लो समय हिमाल पग्लिदै गरेको र हिमनदीहरु सुक्दै गएको छन् यो एउटा चिन्ताको विषय हो । तर पनि हामी जलस्रोतको दृष्टिकोणले संसारको दोस्रो ठूलो हौं । हामीसँग ५० वर्षको आन्तिरक आवश्यक्ता पूरा गर्न सक्ने धेरै चिजहरु छन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’