मौद्रिक नीति र वित्त नीतिमा सहि सन्तुलन राखेर नै अर्थतन्त्र अगाडि बढ्छ : अर्थमन्त्री

२०८२ जेठ २७ मंगलवार
सारांश
  • मंगलबार राजधानीमा एक संस्थाले गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ र विशेष प्रकाशन ‘लञ्च’ को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यसकालागि नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयले एकअर्कामा सन्तुलन कायम गरेर जानुपर्ने उनको भनाई

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीति र वित्त नीतिमा सहि सन्तुलन राखेर मात्रै अर्थतन्त्र अगाडि बढ्ने बताएका छन् ।


मंगलबार राजधानीमा एक संस्थाले गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ र विशेष प्रकाशन ‘लञ्च’ को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यसकालागि नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयले एकअर्कामा सन्तुलन कायम गरेर जानुपर्ने उनको भनाई छ ।


कार्यक्रममा बोल्दै उनले सबैतिर मौद्रिक सुशासनको पक्षमा केही प्रश्नहरु उठ्ने गरेको बताए । सुशासनका प्रश्नमा हामी कहिँ न कहिँ चुक्दै आएको हुनाले राष्ट्र बैंक तथा अर्थमन्त्रालय दुई निकाय र मौद्रिक नीति तथा वित्त नीति एकअर्कामा सन्तुलन कायम गरेर जानुपर्ने उनको तर्क छ ।


‘गभर्नरले पनि वित्त नीति र मौद्रिक नीति एक अर्कोलाई रोक्ने भन्दा पनि सन्तुलन मिलाएर जानुपर्छ भन्ने कुरा गर्नु भएको छ । यसले पनि आगामी दिनमा हाम्रो मौद्रिक तथा वित्त नीतिमा सन्तुलन नहोस् भनेर चाहनेहरु पछाडि छोडिने निश्चित छ । मुलुकको अर्थतन्त्रको स्थिती समस्यामा छ, अर्थतन्त्र दवाबमा छ, अर्थतन्त्र अप्ठ्यारोमा छ भन्ने टिप्पणीहरु भइ नै रहेका छन,‘ उनले भने ।


साथै उनले मौद्रिक सुशासनका विषयमा कसरी काम गर्नुपर्छ भन्ने विषयमा छलफल हुनुपर्ने बताए । मौद्रिक नीति र वित्त नीति, नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालय र गभर्नर तथा अर्थमन्त्रीको सम्बन्धका विषयमा धेरै प्रश्न उठ्ने गरेको भएपनि त्यसलाई सन्तुलन गरेर लैजाने उनले बताए ।


यसैगरी  नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच बारम्बार प्रश्न उठ्ने गरेको बताए । उनले वित्त नीति र मौद्रिक नीतिबीच दातम्यता र समन्वय गरेर स्पष्ट गर्नुपर्ने बताए ।


उनले भने,‘यी दुई नीतिबीच कहाँ समन्वय भएन ? हुन चाहिँ अर्थ मन्त्रालयको नीतिलाई राष्ट्र बैकले कार्यान्वयन गरेर भनेर मिडियाले लेख्नुपर्ने छ । वित्त नीति र मौद्रिक नीतिबीच बारम्बार प्रश्न उठ्ने गरेको छ, वित्त नीति र मौद्रिक नीतिबीच दातम्यता र समन्वय गरेर स्पष्ट गर्नुपर्ने आवश्कता छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार