‘प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
२०८२ जेठ २७ मंगलवार
- क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको थियो । यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गते बैंकिङ समयपछि हुने जनाइएको थियो ।
काठमाडौं : प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको थियो । यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गते बैंकिङ समयपछि हुने जनाइएको थियो ।
तर मागबमोजिम आवेदन नपरेकाले अब यो योजनामा असार ६ गतेसम्म आवेदन दिन सकिने भएको छ । यसबीचमा मागभन्दा बढी आवेदन पर्न गएमा असार ६ गते अघिनै बिक्री बन्द गरिने प्रभु क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १ सय कित्ता र अधिकतममा ३१ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको यो स्किम खुलामुखी प्रकृतिको स्किम हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवाका विभिन्न क्षेत्रमा बाढीपछि अवरुद्ध भएको विद्युत पुन: सुचारु
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।