जोशी हाइड्रोपावरलाई ६५ प्रतिशत हकप्रद शेयर निस्कासन गर्न अनुमती

२०८२ जेठ २७ मंगलवार
सारांश
  • मङ्सिर २० गते धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पेश गरेको कम्पनीलाई सेबोनले सोमबार हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको हो ।

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको छ ।


मङ्सिर २० गते धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पेश गरेको कम्पनीलाई सेबोनले सोमबार हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको हो । सेबोनसले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०.६५ को अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि अनुमति दिएको हो ।


हालको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको पूँजी हकप्रद निष्कासनपछि ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्राप्त हुने पूँजीलाई आयोजनाहरूको निर्माण तथा विकासमा खर्च गर्ने बताएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार