- बैंकले एक सूचना जारी आजदेखि उक्त शेयर बिक्रीमा राखेको जनाएको हो । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेका ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको बताएको छ ।
काठमाडौँ, २५ जेष्ठ । कुमारी बैंक लिमिटेडले आजदेखि आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले एक सूचना जारी आजदेखि उक्त शेयर बिक्रीमा राखेको जनाएको हो । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेका ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको बताएको छ ।
बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
निर्धारित म्यादभित्र शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा संस्थापकहरु भन्दा बाहेकका लगानीकर्ताहरुमा शेयर बिक्री गरिने बैंकले जारी गरेको सुचनामा उल्लेख छ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’