‘बजेट यथार्थपरक छ, पूँजीगत खर्चको विनियोजन बढाइएको छ ’ (बजेट हाइलाइट)
२०८२ जेठ १६ गते शुक्रवार
- आर्थिक वर्ष २०८२।८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चालु खर्चलाई सीमाभित्र राखिए पनि सरकारी वित्त हस्तान्तरणको आकारलाई वृद्धि गरिएको बताएका हुन् ।
काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्चको विनियोजन बढाइएको बताएका छन् ।
आर्थिक वर्ष २०८२।८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चालु खर्चलाई सीमाभित्र राखिए पनि सरकारी वित्त हस्तान्तरणको आकारलाई वृद्धि गरिएको बताएका हुन् ।
यनले भने, ‘यो बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा म सबैलाई विश्वास दिलाउन चाहन्छु । बजेट कार्यान्वयनका निम्ति व्यवहारिक, वस्तुनिष्ठ कार्यतालिका निर्माण गर्न अर्थ मन्त्रालय आजैदेखि काममा तत्पर रहेको छ । बजेटको आकारको बारेमा कुरा गर्दा पूँजीगत खर्चको विनियोजन बढाइएको छ । चालु खर्चलाई सिमाभित्र राखिएको छ । सरकारी वित्त हस्तान्तरणको आकारलाई वृद्धि गरिएको छ ।’
साथै उनले अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२।८३ को बजेट यथार्थपरक ल्याएका दाबी गरे । उनले यस पटक बजेटको आकारको विषयमा त्यति टिप्पणी नभएको बताए ।
उनले भने, ‘यो बजेट आम्दानी र खर्चको यथार्थपरक छ । आम्दानी र खर्च दुवैको प्रश्नमा बजेट यथार्थपरक छ । होटेल, रिर्सोट, सूचना प्रविधि उद्योगबाट हुने आयमा विशेष उद्योग सरह सुविधा दिने प्रवन्ध गरिएको छ । आगामी आर्थिक वर्ष २०८२।८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए ।
बजेट चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ ।
सरकारले ल्याएको बजेटका लागि राजस्व, अनुदान र ऋणबाट स्रोत जुटाइने भनिएको छ । जसमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब स्रोत जुटाइने भनिएको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’