बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको छ: अध्यक्ष ढकाल

२०८२ जेठ १६ गते शुक्रवार
सारांश
  • यो बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु खासगरि उद्योग वाणिज्य महासंघले बजेटभन्दा पहिला उपप्रधानमन्त्रीलाई लिखित रुपमा सुझावहरु दिएका थियौं ।

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको बताएका छन् । 


शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उद्योग वाणिज्य महासंघले लिखित रुपमा दिएका सुझावहरु बजेटले समेटेको भन्दै आउने दिनमा त्यसको कार्यान्वयन हुने आशा गरेको बताए । 


उनले भने, ‘हिजो मात्र हाम्रो बजेट सार्वजनिक भएको छ । यो बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु खासगरि उद्योग वाणिज्य महासंघले बजेटभन्दा पहिला उपप्रधानमन्त्रीलाई लिखित रुपमा सुझावहरु दिएका थियौं । त्यसमा भएको धेरै जसो सुझावहरु बजेटले समेटिएको छ । आउने दिनमा बजेटमा आएका कुराहरु कार्यान्वयन पनि हुदैँ गयो भने निजी क्षेत्रले चाहेको र आम जनताले चाहेको कुराहरु पूरा हुन्छ होला ।’


यस्तै, उनले पारदर्शि तरिकाले व्यापार अगाडि बढाउने हो भने मात्र निजी क्षेत्रको काम कारबाही सहि तरिकाले अगाडी बढ्न सक्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार