औद्योगिक पूर्वाधारको विकासमा जोड, ७५३ तहमा खाद्य व्यापार कम्पनीको सम्झौता

२०८२ जेठ ४ आइतबार
सारांश
  • आइतबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी लिमिटेडले अब जिल्लास्तरमा नै रैथाने बालीको संरक्षण गर्ने र ७५३ वटा पालिकाहरुसँग खाद्य व्यापार कम्पनीले सम्झौता गर्ने बताएका हुन् ।

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।


आइतबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी लिमिटेडले अब जिल्लास्तरमा नै रैथाने बालीको संरक्षण गर्ने र  ७५३ वटा पालिकाहरुसँग खाद्य व्यापार कम्पनीले सम्झौता गर्ने बताएका हुन् ।


उनले भने, ‘औद्योगिक पूर्वाधारको विकास गर्नुपर्ने छ । खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी लिमिटेडले अब जिल्लास्तरमा नै रैथाने बालीको संरक्षण गर्ने र  ७५३ वटा पालिकाहरुसँग खाद्य व्यापार कम्पनीले सम्झौता गरेको छ । ति पालिकामा उत्पादन भएका वस्तुहरुलाई खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी लिमिटेडले खरिद गर्ने र त्यहाँ जे चिजको  आवश्यकता छ त्यो खाद्य व्यापारले पूरा गर्ने योजनाका साथ काम गरिरहेको छ । अहिले करिब एकसय वटा पालिकाहरुसँग सम्झौता गरिसकिएको छ ।’ 


साथै उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयसँग विनियोजित बजेट आठ अर्ब २० करोडको आसपासमा रहेको बताए । उनले जबसम्म नेपालको जिडिपिमा उद्योग र उद्यमशिलताको योगदान हुँदैन तबसम्म आजका चुनौतिहरुको सामना गर्न नसकिने बताएका छन् ।


उनले भने, ‘हामीले चुनौतिहरुलाई अवसरमा बदल्नुपर्छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयसँग विनियोजित बजेटको ०.४ प्रतिशत हामीसँग बजेट छ । आठ अर्ब २० करोडको आसपासमा बजेट छ । कुनैबेला नेपालको जिडिपिमा १३ प्रतिशतको योगदान थियो उद्योग क्षेत्रको आज हामी पाँच प्रतिशतको आसपासमा छौं ।  जबसम्म नेपालको जिडिपिमा उद्योग र उद्यमशिलताको योगदान हुँदैन तबसम्म आजका चुनौतिहरुको सामना गर्न सकिँदैन । त्यसैले यसलाई विशेष प्राथमिकतामा राख्नुपर्छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार