मध्यपहाडी लोकमार्गः हरिचोक–याम्दीखण्ड कालोपत्र गरिँदै

१० बैसाख, २०८२, बुधवार
सारांश
  • मध्यपहाडी लोकमार्ग आयोजना कार्यालका अनुसार मङ्गलबार रातिदेखि कसेरीचोकबाट कालोपत्रको कामसुरु भएको हो ।

कास्की, १० वैशाख । निर्माणाधीन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराको हरिचोकबाट याम्दी पुलसम्मको चार ‘लेन’ सडक कालोपत्र गर्न सुरु भएको छ ।

 

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालका अनुसार मङ्गलबार रातिदेखि कसेरीचोकबाट कालोपत्रको कामसुरु भएको हो ।  “अस्फाल्ट प्रविधिबाट सडक कालोपत्र गर्न थालेका छौँ ”, आयोजनाका सूचना अधिकारी किरण सुवेदीले भन्नुभयो । चालु आर्थिक वर्षभित्रमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।

 

“सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनबाट थपिएको म्यादसमेत अहिले सकिएको छ । सरकारले पुनः म्याद थप गरे सोहीअनुसार हुन्छ । नभए निर्माण कम्पनीसँग जरिवाना लिएर भए पनि सम्पन्न गर्छौैँ”, सुवेदीले भन्नुभयो । निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि करसहित रु ४८ करोडमा सडक निर्माणको  सम्झौता भएको हो । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार