उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित
२०८१ चैत्र २६ मंगलवार
- अध्यक्षका लागि थानि निकट मानिएका दीपेन्द्र ढकाल लगायतको नाम चर्चामा रहे पनि उनलाई बरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरिएको छ ।
सुर्खेत: उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित भएका छन् ।
वैशाख ६ गते निर्वाचन लागि सोमवार भएको उम्मेदवारी दर्तामा खड्काको एकल उम्मेदवारी परे पछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन समितिले भने घोषणा गरेको छैन ।
नेपाली कांग्रेस निकट व्यवसायीहरुको बाहुल्यता रहेको सुर्खेत उद्योग वाणिज्य संघमा काँग्रेसका दुई समूहहरुको प्रतिष्पर्धा हुने गर्दथ्यो । सुर्खेतमा व्यवसायीहरु पार्टीका उपसभापति पुर्णबहादुर खड्का र पूर्व केन्द्रीय सदस्य हृदयराम थानीको समूह बनाएर चुनावमा होमिने गरिरहेका थिए ।
काँग्रेस निकट व्यवसायीहरु मिलेर चुनावमा जाने निर्णय भएपछि अन्य पार्टी निकट व्यवसायीहरु उम्मेदवारी दर्ता गर्न नसक्ने अवस्थामा रहेको व्यवसायीहरु बताउछन् । अध्यक्षका लागि थानि निकट मानिएका दीपेन्द्र ढकाल लगायतको नाम चर्चामा रहे पनि उनलाई बरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरिएको छ ।
सँधै चर्चाको शिखरमा रहिरहने र भड्किलो हुने प्रचार हुने भएपछि यो पटक व्यवसायीहरुबिच निकै मेहनतका बाबजुद एकल उम्मेदवारी मात्रै परेको निवर्तमान अध्यक्ष लक्ष्मण कँडेलले बताए । अध्यक्षमा खड्कोको एकल उम्मेदवारी परेकोले उहाँ निर्वाचित भई सक्नु भएको भए पनि घोषणा हुन बाँकी रहेको कँडेलले बताए ।
वैशाख ६ गते निर्वाचन हुने कार्यतालिका रहेको भए पनि सबै पदमा निर्विरोध गराउने अभ्यास भईरहेको कँडेलले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’