भारतीय दूताबासले १० वटा स्थानीय तहलाई सहयोग गर्ने

२०८१ चैत्र १९ मंगलवार
सारांश
  • अर्थ मन्त्रालयको तर्फबाट भारतीय दूतावासले स्वीकृती प्राप्त भएपछि परियोजनाहरु सुरु हुने बताए ।

सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासबीच नेपालका विभिन्न स्थानीय तहलाई सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 


मंगलवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीले संचारकर्मीहरुसँग कुरा गर्दै १० वटा स्थानीय तहहरुसँग त्रिपक्षीय सम्झौता भएको बताएका हुन् । 


उनले भने,‘नेपाल सरकार र भारत सरकारबीच वभिन्न स्थानीय तहका शिक्षा, स्वास्थ्य लगायतका विभिन्न प्रोजेक्टहरुको सम्झौता पत्रमा हस्ताक्षर गरेका छौं । १० ओटा स्थानीय तहहरुसँग त्रिपक्षीय सम्झौता भएको छ । म भारत सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’


उनले यो सम्झौता अनुसार स्थानीय तहहरुबाट आयोजनाको माग गरी परियोजना तयार गरी अर्थ मन्त्रालयको तर्फबाट भारतीय दूतावासले स्वीकृती प्राप्त भएपछि परियोजनाहरु सुरु हुने बताए । 


‘नेपाल र भारत सरकारबीचको सहयोग सम्झौता अनुसार स्थानीय तहहरुबाट आयोजनाको माग गरी विस्तृत परियोजना तयार गरी अर्थमन्त्रालयको तर्फबाट भारतीय दुतावासले स्वीकृत गरेपछि परियोजना सुरु हुन्छ । निरन्तर सहयोग हुने कार्यक्रम हो,’ उनले भने । 


उनले एउटा आयोजनाको हकमा अधिकतम २० करोडसम्म सहयोग हुने भन्दै विद्यालयको भवन निर्माण, स्वास्थ्य चौकी निर्माण जस्ता विषयमा सम्झौता भएको जानकारी दिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार