जलेश्वर भन्सारद्वारा आठ महिनामा दुई अर्ब राजस्व सङ्कलन

२०८१ फागुन २७ मंगलवार
सारांश
  • चालु आर्थिक वर्षमा वार्षिक रु चार अर्ब ५३ करोड ६२ लाख ९० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । तर कार्यालयले सो लक्ष्यको ४७.४१ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।

जनकपुर, २७ फागुन : जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालु आर्थिक वर्षको आठ महिनामा रु दुई अर्ब १५ करोड ५० लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ ।

 

चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनाको हालसम्ममा ८३.८९ प्रतिशत राजस्व सङ्कलन भएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी रामकुमार विकले जानकारी दिए ।  चालु आर्थिक वर्षमा वार्षिक रु चार अर्ब ५३ करोड ६२ लाख ९० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य  थियो । तर कार्यालयले सो लक्ष्यको ४७.४१ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।

 

कार्यालयकाबाट प्राप्त विवरणअनुसार चालु आवको साउनमा ९२.१६, भदौमा ८३.८७, असोजमा ८७.५४, कात्तिकमा ७४.०२, मङ्सिरमा ८३.३६, पुसमा ७५.१४, माघमा ७४.७५ र फागुनको हालसम्ममा ८०.४४ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी विकले बताए ।

 

जलेश्वर  भन्सार कार्यालय भिठ्ठामोड नाकाबाट आयात हुने सामग्रीमा कुल राजस्वमध्ये पेट्रोलियम पदार्थको योगदान ४९.१४ प्रतिशत रहेको छ । भारतको विहार राज्यको मोतिहारी र अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालमनमा आएपछि  जलेश्वर भिठ्ठामोडबाट आयात गरिने पेट्रोलियम पदार्थमा कमी आउँदा राजस्वको लक्ष्यमा कमी आएको उनले बताए ।

 

कार्यालयका अनुसार गत वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थ, कोइला, आलु र चुना आयातमा कमी आएको छ । जलेश्वर भन्सार कार्यालयबाट मुख्य आयात हुने सामग्रीमा पेट्रोलियम पदार्थ, कोइला, आलु, चामल, गहुँ, दलहन, तरकारी, फलफूललगायत रहेका सूचना अधिकारी विकले बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार