सुर्खेत विमानस्थलमा यतिको सफल परिक्षण उडान

२०८१ फागुन २४ शनिवार
सारांश
  • निकट भविष्यमै यति एअरलाइन्सले काठमाडौं–सुर्खेत नियमित उडान गर्ने एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

सुर्खेत: यति एअरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परीक्षण उडान गरेको छ । शनिबार यती एअरलाइन्सको ९ एन–एएमएन कल साइनको एटीआर ७२ विमानले सुर्खेत विमानस्थलमा सफल  परीक्षण उडान गरेको हो । 


निकट भविष्यमै यति एअरलाइन्सले काठमाडौं–सुर्खेत नियमित उडान गर्ने एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।


नेपालगन्ज विमानस्थलबाट उडेको यतीको विमान दिउसो सवा १२ बजे सुर्खेत बिमानस्थलमा अवतरण गरेको थियो । परीक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाईन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले जहाज उडाएका थिए । परीक्षण उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाईन्सका प्राविधिक तथा प्रतिनिधिहरुको टोली साथमा रहेका थिए ।


यती एअरलाइन्सले निकट भविष्यमा काठमाडौ सुर्खेत नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलको रुपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको जनाएको छ । परीक्षण उडानको रिपोर्टको आधारमा आगामी दिनमा नियमित उडान गर्ने प्रवत्ता बर्तौलाले बताए । 


यती एअरलाइन्सले ७ वटा एटीआर ७२ विमान मार्फत नियमित रुपमा काठमाडौं, चन्द्रगढी, विराटनगर,  जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थल लगायत पर्वतीय उडानहरु गर्दै आएको छ । निकट भविष्यमा थप विमान मार्फत सेवा बिस्तार गर्न लागेको एयरलाइन्सले जानकारी दिएको छ । यतिको प्रवेशसंगै कर्णालीको राजधानी सुर्खेतबाट दैनिक उडान थपिँदा यात्रुहरुलाई राहत मिल्ने छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार