विकास निर्माण र पूर्वाधार विकासमा अवरोध अमान्य: चन्द्र ढकाल
२०८१ फागुन २३ शुक्रवार
- उनले कतिपय राजनीतिक पार्टीको तर्फबाट विकास निर्माण, रोजगारी सृजना र पूर्वधार निर्माण गर्ने कुरामापनि विरोध हुने गरेको भन्दै आपत्ति जनाए ।
शुक्रबार इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान) इमानको दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सबै क्षेत्रका मानिसले इमानमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने छोेटो समयमा आम नेपालीहरुले चाहेको जस्तो समृद्ध नेपाल बनाउन सकिने धारणा राखेका छन् ।
उनले भने,‘हामी सबै क्षेत्रका मानिसले इमानमा रहेर आफ्नो जिम्मेवारी वास्तबमा पूरा गर्ने हो भने छोटो समयमा आम नेपालीहरुले चाहेको समृद्ध नेपाल बनाउन सकिन्छ ।’
त्यस्तै उनले कतिपय राजनीतिक पार्टीको तर्फबाट विकास निर्माण, रोजगारी सृजना र पूर्वधार निर्माण गर्ने कुरामापनि विरोध हुने गरेको भन्दै आपत्ति जनाए ।
‘कतिपय राजनीतिक पार्टीकातर्फबाट विकास निर्माणमार्फत रोजगारी सृजना गर्ने, पूर्वधारको विकास गर्ने कुराको विरोध गर्ने गरेको पाइएको छ । कतिपय संघ संस्थाहरुले पनि पूर्वाधार बनाउने कुराको विरोध गर्ने गरेको पाइन्छ । यदी नकरात्मक हिसाबकै मात्रै कुरा गर्ने हो भने, रोजगारी दिने मान्छेको विरोध मात्र गर्ने हो भने कस्तो खालको समाज बनाउन खोज्दै छौं ? ’उनले प्रश्न गरे ।
त्यस्तै नेपाल धितो पत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले वित्तिय साक्षरता एकदमै न्यून रहेको भन्दै सबै वित्तिय क्षेत्रबाट सक्रिय भूूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।
उनले भने,‘देशव्यापी रुपमा नै सर्वेक्षणा गर्ने हो भने मलाई लाग्छ । ३०–३५ प्रतिशत भन्दा कम नै वित्तिय साक्षरता रहेको छ । त्यसैले वित्तिय साक्षरता न्यून भएको अवस्थामा पनि सबैको भूमिका सक्रिय हुन आवश्यक छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।