सिमेन्ट र रडको मुल्यवृद्धि हुँदा सबै क्षेत्र मारमा छ: अध्यक्ष सिंह

२०८१ फागुन १७ गते शनिवार
सारांश
  • उनले सिमेन्ट र रड कार्टेलिङ्ग गरी मूल्य वृद्धि गरेको आरोप लगाएका छन् ।

रौतहट: नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले  सिमेन्ट र रडको मूल्य वृद्धि हुँदा निर्माण व्यवसायीसहित उपभोक्ता मर्कामा परेको बताएका छन् ।

 

रौतहटको गौरमा शनिबार निर्माण व्यवसायी संघ रौतहटको आठौं साधारण सभामा बोल्दै उनले उद्योगी र राज्यको साँठगाँठले गर्दा आम उपभोक्ता पनि महँगीको मारमा परेको बताएका हुन् ।

 

उनले सिमेन्ट र रड कार्टेलिङ्ग गरी मूल्य वृद्धि गरेको आरोप लगाएका छन् । निर्माणको काम समयमा नसकिएको आरोप निर्माण ब्यबसायीले खेप्दै आएको उल्लेख गर्दै उनले ऐन नियम कानून पूर्वाधार र विकासमैत्री भएमा मात्रै निर्माण कार्य समयमै सकिने बताए ।

 

निर्माण व्यवसायीको हक हितका लागि महासंघले काम गर्दै आएको उनले चर्चा गरे । निर्माण व्यवसायीको कमी कमजोरी औँल्याउने र त्यसलाई सच्याउनेसंगै महासंघले समय समयमा सरकारलाई खबरदारी गर्ने गरेको उनले बताए ।

 

रौतहट क्षेत्र नम्बर १ ( क ) का प्रदेश सभा सदस्य नागेन्द्र साहले निर्माण व्यवसायीको समस्या प्रति तीनै तहको सरकार गम्भीर हुनुपर्नें धारणा राखे ।

 

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल, उपमहासचिब शिवहरी घिमिरे, निर्माण व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष मुन्ना चौधरीले पछिल्लो समय निर्माण व्यवसायी मर्कामा परेकाले समस्या समाधानतर्फ महासंघ लाग्नु पर्नेमा जोड दिए । निर्माण ब्यबसायीलाई प्रबद्धन गर्ने सरकारको नीतिले अस्पष्ट भएकाले निर्माण व्यवसायीहरुले दुख पाईरहेको उनीहरुको गुनासो छ ।

 

उनीहरुले निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐन र नियमावली अध्यन गर्न जरुरी रहेको बताए । निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष कृष्णदेब यादवको सभापतित्वमा कार्यक्रमको सम्पन्न भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार