नेप्से परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि

२०८१ फागुन ०६ मंगलवार
सारांश
  • आइतबार १९ दशमलव ५६ र सोमबार २९ दशमलव ८७ अङ्कले बढेको नेप्से परिसूचक आज ११ दशमलव ९१ अङ्कले बढेको हो ।

काठमाडौँ, ६ फागुन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि देखिएको छ । 

 

आइतबार १९ दशमलव ५६ र सोमबार २९ दशमलव ८७ अङ्कले बढेको नेप्से परिसूचक आज ११ दशमलव ९१ अङ्कले बढेको हो ।

 

शून्य दशमलव ४३ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ७३९ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर ९९ हजार ५८५ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ४३ करोड ७० लाख छ हजार २१४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैङ्किङ शून्य दशमलव २२, लगानी एक दशमलव २४, जीवन बीमा एक दशमलव ७४, निर्जीवन बीमा शून्य दशमलव ३०, व्यापार शून्य दशमलव ४१ र अन्य समूह तीन दशमलव ६७ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।

 

विकास बैङ्क एक दशमलव ७४, वित्त एक दशमलव ५०, होटेल तथा पर्यटन एक दशमलव ०४, जलविद्युत् शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०६, लघुवित्त शून्य दशमलव ७९ र म्युचुअल फन्ड शून्य दशमलव ०५ प्रतिशतले घटेको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट लिमिटेड र कुमारी डिभेन्चर–२०८६ को शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड अगाडि देखिएको छ । यो कम्पनीको आज रु ८२ करोड दुई लाख ३६ हजार ९१० बराबरको आठ लाख ९३ हजार ८५ कित्ता शेयर किनबेच भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार