- सर्लाहीबाट आउदा पाँच नम्बर रौतहटबाट जाँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटरको भासिएको थियो ।
रौतहट: रौतहट–सर्लाही जिल्लालाई जोड्ने पूर्व–पश्चिम राजमार्गमा पर्ने वागमती नदीको पुल सोमबारदेखि मर्मतको काम थालिएको छ ।
सर्लाहीबाट आउदा पाँच नम्बर रौतहटबाट जाँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटरको भासिएको थियो ।
वागमती नदीको पुलको स्पर नै भासिएकाले तत्काल मर्मतको काम थालिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमार कर्णले बताए । उनका अनुसार अहिले सवारी साधनलाई डाइभर्सनबाट संचालनमा ल्याइएको छ ।
सवारी साधनलाई आइतबार साझदेखि डाइभर्सनबाट संचालन गरेसगै सोमबार बिहानबाट पुलको मर्मत कार्य पनि संचालनमा आइसकेको उनले बताए ।
अबको चार पाँच दिनमा मर्मत कार्य सम्पन्न गराएर पुल संचालनमा ल्याउने उद्देश्यबाट काम भइरहेको उनले जानकारी दिए ।
उनले ‘ब्यारिङ प्याडेस्टल’को मर्मत गरी पुुलको भाँसिएको भागलाई उठाएर मात्रै ढलान गरिने बताए । पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको कङ्क्रिट हालेर ढलान गरिने उनको भनाइ छ ।
पुलको ४–५ नम्वर स्पानको बीचमा बिम चर्किएर समस्या आएपछि केही दिनअघि पुल महाशाखाको टोली आएर स्थलगत निरीक्षण गरेर दिएको रिपोर्टका आधारमा मर्मत कार्य सुरु गरिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
करिब ५५ बर्ष अघि नेपाल शोभियत संघ सहयोग अन्तर्गत वागमती नदीको पुल निर्माण भएको हो । पूर्व पश्चिम राजमार्गमा पर्ने पुल भएकाले यथाशिघ्र मर्मत गरेर संचालनमा ल्याउने लक्ष्यका साथ जनशक्ति खटिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।