भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट
२०८१ माघ २४ गते विहिबार
- सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीले पछिल्लो समयमा आर्थिक मन्दीसँगै लगानीमैत्री वातावरण नभएका कारण अपेक्षा अनुसार निर्यात नभएको बताए ।
हेटौँडा: मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार घटेको छ । गत आर्थिक वर्ष २०८०–०८१ को पहिलो छ महिनाको तुलनामा चालु आर्थिक वर्षको छ महिनामा मकवानपुर जिल्लाबाट भएको निर्यात व्यापारमा गिरावट आएको हो ।
चालु आव २०८१–०८२ को गत साउनदेखि पुस मसान्तसम्ममा मकवानपुरबाट पाँच करोड ५९ लाख सात हजार ९९३ रुपियाँ बराबरको निर्यात भएको छ । उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको मकवानपुर उद्योग वाणिज्य सङ्घ (मउवासङ्घ)का अनुसार गत आव २०८०–०८१ मा मकवानपुरमा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले २२ करोड ७० लाख ८० हजार ३१० रुपियाँ बराबरको निर्यात गरेका थिए ।
व्यापारिक प्रतिष्ठान र उद्योग गरी गत आवको पहिलो छ महिनामा पाँच वटा र चालु आवको पहिलो छ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकमा निकासी गरेको सङ्घले जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीले पछिल्लो समयमा आर्थिक मन्दीसँगै लगानीमैत्री वातावरण नभएका कारण अपेक्षा अनुसार निर्यात नभएको बताए ।
मकवानपुरबाट चालु आवमा प्याक्ट ग्रुप क्लोजर, रिद्धिसिद्धि सिमेण्ट उद्योग, इभान्स लाइफ साइन्सेस प्रा.लि.र सिक्स भिल्ला प्रा.लि.ले निर्यात गरेको छ । यी उद्योग र व्यापारिक प्रतिष्ठानले प्लाष्टिकका बिर्को, सिमेण्ट, लोठसल्लाको पाउडर, पास्ता, कुरकुरेलगायतका खाद्यान्न निर्यात गरेको सङ्घले जनाएको छ । सङ्घका अनुसार प्याक्ट ग्रुप क्लोजर मर्मतको क्रममा रहेकोले पनि चालु आवको पहिलो छ महिनाको निर्यातमा ह्रास आएको हो ।
लोठसल्लाको पाउडर निर्यात गर्दै आएको इभान्स लाइफ साइन्सेस प्रा.लि. ले निर्यात व्यापारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सङ्घले यसअघि सम्मान गरेको थियो ।
गत आवमा बिस्कुट, पपलगायत उत्पादन भारततर्फ निर्यात गरेको खजुरीको नेपाल प्रा.लि. को उत्पादन चालु आवमा निर्यात भएको छैन । गत आव २०८०–०८१ मा मकवानपुर जिल्लाका विभिन्न उद्योगबाट गरी ४३ करोड ५३ लाख ९४ हजार ९९४ रुपियाँ बराबरको उत्पादन भारत तथा तेस्रो मुलुकमा निर्यात भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’