भन्सार विभागले राजश्व संकलनमा उच्च ध्यान दिनुपर्ने: चन्द्र ढकाल

२०८१ माघ १३ गते आईतवार
सारांश
  • भन्सारले मुलुकको समग्र विकासको लागि व्यापारलाई अग्र स्थानमा राख्नुपर्ने आवश्यक देखिन्छ ।’

अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा आयोजित कार्यक्रममा नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार  र उत्तरदायी बनाएको  बताएका छन् । उनले मुलुकको  समग्र विकासको  लागि व्यापारलाई भन्सारले अग्र स्थानमा राख्नुपर्ने बताए ।

 

उनले भने,‘निजी क्षेत्रले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार  र  उत्तरदायी बनाएको छ ।  तर भन्सार विभागमा देखिएका प्रक्रियागत झन्झटहरु कम हुनुपर्ने आवश्यक छ । वस्तुको  मूल्यांकन पद्धति अनुसार समेत हुनुपर्छ । विभागका तजविधि अधिकारीहरुको अन्त्य हुनुपर्ने, प्रशासनिक पुनरावगलोकनका  आदेशहरु प्रभावकारी कार्यान्वयन हुनुपर्ने लगायतका सुझावहरु उद्योग महासंघले  दिएको छ । भन्सारले मुलुकको समग्र विकासको लागि व्यापारलाई अग्र स्थानमा राख्नुपर्ने आवश्यक देखिन्छ ।’

 

साथै उनले भन्सार विभागले राजश्वमा संकलनमा उच्च ध्यान दिनुपर्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार