चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक

२०८१ माघ ११ शुक्रवार
सारांश
  • उनी विगत ४० वर्षदेखि व्यवसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् ।

काठमाडौं: नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् । तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल सम्मानित भएका हुन् ।  


उनी विगत ४० वर्षदेखि व्यवसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् । व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरुप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको आयोजकले बताएका छन । 


अध्यक्ष मल्लले कर्पोरेट संगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन । सम्मानित चेम्बर निवर्तमान अध्यक्ष मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए । 


पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मल्ललाई संयुक्त रुपमा सम्मान गरेका थिए । मल्लले नेपालको व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै यो सम्मान पत्र प्राप्त गरिएको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार