ग्लोबल आईएमई बैंकले मिस्ड कलमै सेवा दिने

२०८१ माघ ९ गते बुधवार
सारांश
  • आफ्नो बैंक खाता खोल्दा बैंकमा दर्ता गरिएको मोबाईल नम्बरबाट मिस्ड कल गर्दा मात्र सेवा प्राप्त हुने जनाएको छ।

अब ग्लोबल आईएमई बैंकले मिस्ड कलमै सेवा दिने भएको छ। खाताको रकम हेर्न, NEA पेमेन्ट, मोबाइल टपअप तथा अकाउन्ट ब्लक गर्ने जस्ता बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न बैंकले उपलब्ध गराएको नम्बरमा मिस्ड कल दिदा सेवा दिने भएको हो ।

 

आफ्नो खातामा रकम भएको रकम थाहा पाउन ९८०१२३१२९४, मोबाईल टपअप गर्न ९८०१२३१२९६, NEA पेमेन्ट गर्न ९८०१११४१११ र अकाउण्ट ब्लक गर्न ९८०१११३१११ मा मिस्ड कल गरेमा सेवा प्राप्त गर्न सकिनेछ ।

 

यो सेवा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले आफ्नो बैंक खाता खोल्दा बैंकमा दर्ता गरिएको मोबाईल नम्बरबाट मिस्ड कल गर्दा मात्र सेवा प्राप्त हुने जनाएको छ।  

 

यसअघि बैंकले एसएमएस मात्रामा पनि विभिन्न सेवाहरू दिन शुचारु गरिसकेको छ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार