कर्जा रिकभरीका क्रममा बैंकका कर्मचारीहरुमाथि हमला हुने गरेको गुनासो
२०८१ माघ ८ गते मंगलवार
- नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले नेपाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ग्रोथको हिसाबले बलियो रहेपनि अर्थतन्त्रमा भने धेरै परिवर्तन हुन नसक्ने बताए ।
काठमाडौं । नेपालको अर्थतन्त्र अझैपनि संकटपूण र तनावपूर्ण अवस्थामा रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल बैंकर्स संघले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने अधिकांश वक्ताहरुले अर्थतन्त्रमा समस्यामै रहेको औंल्याएका हुन् ।
नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले नेपाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ग्रोथको हिसाबले बलियो रहेपनि अर्थतन्त्रमा भने धेरै परिवर्तन हुन नसक्ने बताए ।
उनले भने, ‘यस वर्ष र आगामी दुई वर्षमा विश्वव्यापी रुपमा धेरै परिवर्तनको अपेक्षा गर्न सकिदैन् । नेपालको सन्दर्भमा हेर्दा अलिकति बलियो जस्तो देखिन्छ । विश्वव्यापी रुपमा समस्याहरु भएपनि नेपालमा जीडीपी ग्रोथको लागि अलिकति ठाँउ छ ।’
यसको साथै, उनले पछिल्लो समय पर्यटन क्षेत्रमा केही सुधार भएको, आयात निर्यातको क्षेत्र पनि सही दिशातर्फ गइरहेको बताए ।
सोही क्रममा नेपाल बैंकर्स संघका अध्यक्षमा सन्तोष कोइरालाले अर्थतन्त्र अहिले तनावपूर्ण अवस्थामा नै रहेको औंल्याए । उनले भन्दै लोनको ग्रोथ सोचे अनुसारको हुन नसकेको बताए ।
कोइरालाले बैंकहरुले कर्जा रिकभरीका क्रममा कर्मचारीहरूले भोग्नुपरेको हिंसा र आक्रमणको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिए । उनले बैंकका कर्मचारीहरुको सुरक्षाको ग्यारेन्टीका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरे ।
कर्जा रिकभरीका क्रममा विभिन्न बाधाहरुको सामना गर्नुपरेको कोइरालाको भनाइ थियो । विशेष गरी स्थानीय तहको सहयोगको अभावले बैंकहरुलाई धितो लिलाम गर्न र बेच्न समस्या भइरहेको उनले बताए ।
उनले लोन उठाउन जाने क्रममा कर्मचारीहरुमाथि हातपात हुने गरेको गुनासो गरे । उनले भने, ‘अर्थतन्त्र अहिले तनावपूर्ण अवस्थामा छ । लोनको ग्रोथ सोचे अनुसारको हुन सकेको छैन् । डिमान्ड राम्रो छैन् । विभिन्न ठाँउमा लोन उठाउन जाने क्रममा कर्मचारी साथीहरुलाई विभिन्न खालको हमलाहरु हुने गरेको छ । यस बारेमा सरकारसँग पनि कुरा भएको छ । सुरक्षाको बारेमा पनि कुरा उठाइरहेका छौं । नकारात्मक कुराहरु धेरै आइरहेको समयमा सकरात्मक पक्षहरुलाई पनि महत्व दिएर अगाडी बढ्न आग्रह गर्न चाहन्छु ।’
त्यस्तै संघका उपाध्यक्षसमेत रहेका ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले ऋणी र बैंकबीचको सुमधुर सम्बन्ध भएको र ऋणीलाई विश्वास गरेर नै ऋण लगानी गर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुरुङभित्र फसेकाको उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो- भीष्मराज आङ्देम्बे
-
प्रधानमन्त्री शाहले भने- मन भक्कानिए पनि एक आपसमा बिलौना गर्ने अवस्था छैन
-
नेपालमा अमेरिकी 'ट्राभल एड्भाइजरी': बाढी-पहिरोको जोखिमका बीच 'जनविद्रोह' को चेतावनी किन ?
-
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
-
चीनतर्फको केरुङ सडक खुल्यो, उद्धार कार्य तीव्र
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।