ताल्चा–गमगढी सडक कालोपत्र गर्न बजेट सुनिश्चित

२०८१ पुष २० गते शनिवार
सारांश
  • उक्त सडक गमगढीदेखि मुगुम कार्मारोङ गाउँपालिका–८ माग्री डाँडा सम्म मात्र निर्माण भएको भएपनि नाक्चेलाग्नासम्म पुग्न ७७ किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको छ ।

मुगु: ताल्चा–गमगढी सडकमा कालोपत्रे र ढुंगेधारमा बेलिब्रिज निर्माण हुने भएको छ । कर्णाली प्रदेश सरकारको बहुवर्षीय आयोजना मध्ये मुगुका दुई छायाँनाथ रारा नगरपालिकाको ताल्चा–गमगढी सडक कालोपत्रे र मुगम कार्मारोङ गाउँपालिका ढुङ्गेधारा बेलिब्रिज निर्माण हुन लागेको हो ।


नाग्मा–गमगढी सडक खण्डको स्तरोन्नति पनि आउँदो आर्थिक वर्षबाट अघि बढ्ने छ । बजेट अभावका कारण लक्ष्य अनुसारको गति लिन नसकेको गमगढी—नाक्चेलाग्न सडक खण्ड हाल सम्म १६ किलोमिटर निर्माण भएको छ ।


उक्त सडक गमगढीदेखि मुगुम कार्मारोङ गाउँपालिका–८ माग्री डाँडा सम्म मात्र निर्माण भएको भएपनि नाक्चेलाग्नासम्म पुग्न ७७ किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार