७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान
२०८१ पुष १४ गते आईतबार
- आव्हान रकम ७० अर्ब रुपैयाँ रहेको छ भने निक्षेपको अवधि २१ दिनको हुनेछ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस १४ गते दिउँसो २ बजेसम्म बोलकबोल गर्न सकिने जानकारी दिएको छ ।
यस निक्षेप संकलनको उपकरणको नाम ‘निक्षेप संकलन’ राखिएको छ । आव्हान रकम ७० अर्ब रुपैयाँ रहेको छ भने निक्षेपको अवधि २१ दिनको हुनेछ । बोलकबोल र निष्काशन मिति दुवै २०८१ पुस १४ मा तोकिएको छ । साँवा र ब्याज भुक्तानी भने २०८१ माघ ६ मा हुनेछ ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आव्हान रकमसम्म बोल गर्न सकिनेछ । बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन पाउने व्यवस्था गरिएको छ ।
बोलकबोल ब्याजदरमा आधारित हुनेछ, जसमा न्यूनतम ब्याजदरलाई प्राथमिकता दिँदै बाँडफाँड गरिनेछ । बोलपत्र स्वीकृत भएमा सम्बन्धित बैंकको नेपाल राष्ट्र बैंक खाता खर्च गरी रकम लिने व्यवस्था हुनेछ ।
निक्षेप रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने प्रावधान छ । तर, निर्देशनअनुसारको अन्य मौज्दातमा भने यो रकम गणना गर्न सकिनेछ ।
बोलकबोल प्रक्रियाबारे विस्तृत जानकारी आवश्यकपरे राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’