राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्दै

२०८१ पुष ९ गते मंगलवार
सारांश
  • राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् १२ दिनका लागि ४० अर्ब रुपैयाँ लिने भएको हो ।

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालिमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको छ। आज मंगलबार पुस ९ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोलका लागि राष्ट्र बैंकले सुचना जारी गरेको छ । 

 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् १२ दिनका लागि ४० अर्ब रुपैयाँ लिने भएको हो ।

 

राष्ट्र बैंकले क वर्ग, ख वर्ग र ग वर्गका बैंकमा रहेको निक्षेप खिच्ने छ। यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । आवेदन अनलाईन बिडिङ्ग सिस्टम सफ्टवेरमार्फत हुनेछ।

 

यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम रु १० करोड र अधिकतम रू ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

 

बैंकहरूमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले समय अनुसार बोलकबोल बिधिद्वारा निक्षेप खिच्ने कार्य गर्दै आएको छ।  

 

यस्तो छ राष्ट्र बैंकको सुचनाको पूर्णपाठ: 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार