- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु ४९ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ ।
वीरगञ्ज: वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु ४९ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई यो अवधिमा रु ७० अर्ब ४४ करोड सङ्कलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो ।
प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा भएकाले लक्ष्य प्राप्त गर्न कठिन भएको हो । यो कार्यालयमा ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र सवारीसाधन आयातबाट प्राप्त हुने गरेको छ।
कार्यालयले गत साउनमा रु १२ अर्ब १६ करोड, भदौमा रु १३ अर्ब २३ करोड, असोजमा रु १३ अर्ब ४७ करोड कात्तिकमा रु ११ अर्ब चार करोड राजस्व सङ्कलन गरेको थियो ।
गत आवको सोही अवधिमा ४९ अर्ब १८ करोड ३२ लाख ४३ सङ्कलन भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’