मारवाडी सेवाद्वारा बाढी प्रभावितलाई खाना खुवाउन सुरु

२०८१ असोज १२, शनिबार
सारांश
  • जिल्ला प्रशासन कार्यालय, काठमाडौँ सँगको सहकार्यमा मारवाडी सेवा समिति नेपाल, पशुपति गौशाला धर्मशाला, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चले संयुक्त रूपमा खाना खुवाउन थालेको छ।

मारवाडी सेवा समितिले काठमाडौँ उपत्यकाका बाढी प्रभावितलाई खाना खुवाउन सुरु गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ सँगको सहकार्यमा मारवाडी सेवा समिति नेपाल, पशुपति गौशाला धर्मशाला, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चले संयुक्त रूपमा खाना खुवाउन थालेको छ। राहत स्वरूप पहिलो चरणमा गौशाला धर्मशालामा खाना बनाएर प्रभावित क्षेत्रमा वितरण गरिएको मारवाडी सेवा समितिका अध्यक्ष प्रमोद अग्रवालले जानकारी दिए ।

 

उनका अनुसार कालीमाटी, बल्खु, कोटेश्वर, थापाथली, पशुपति लगायत बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खाना खुवाइएको हो । आवश्यकता अनुसार यो क्रम केही दिन जारी रहने मञ्चले जनाएको छ । गत शुक्रवारदेखिको अविरल वर्षाका कारण उपत्यका लगायत देशभरका विभिन्न खोला, नदी किनारका बस्तीहरूमा बाढी पसेको छ भने पहिरोले क्षति गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार