- कम्युनिष्टले आफ्नो स्वरुप पुर्ण रुपमा परिवर्तन गरिसकेको छ । यो अहिले थप विषाक्त भएर वामपन्थको रुपमा आएको दशकौँ भैसक्यो । अझ, एक पाइला अघि बढ्दै आत्मघाती उदार-वामपन्थको स्वरुप लिएको पनि वर्षौँ भैसक्यो । यो परिवर्तित स्वरुप नै कम्युनिज्मः २.० हो ।
एउटा प्रशिद्द स्कुल छ - 'फ्र्याँकफर्ट स्कुल अफ थट' । यो स्कुल मार्क्सवादी बुद्दिजीवीहरुको एक वैचारिक गुट हो । पछी यही स्कुलका विचारकहरुले जर्मनीको गोथे विश्वविद्यालयमा सामाजिक अनुसन्धान गर्ने विभागको रुपमा स्थान पायो । यो सन् १९२३ आसपासको कुरा हो । यही प्रशिद्द स्कुलको एक प्रशिद्द मार्क्सवादी विश्लेषक होर्कहाइमरको भनाई हेरौँ -
''क्रान्ति बन्दुकबाट सम्पन्न हुँदैन । बरु यो त समय अन्तरालमा एक पछी अर्को पुस्ता मार्फत् निरन्तर वृद्दि हुँदै सम्पन्न हुन्छ । हामीले क्रमिक रुपमा उनीहरुको शैक्षिक संस्था, राजनीतिक पार्टी आदिमा घुसपैठ गरेर क्रमशः मार्क्सवादी मतमा रुपान्तरण गर्नुपर्छ, ताकि विश्वव्यापी समतावादमा अघि बढ्न सकौँ ।''
अब रुसको तत्कालिन परिस्थितिको छोटो चर्चा गरौँ - पहिलो विश्वयुद्दबाट थिलथिलो भएको रुस र त्यहाँको शासक जार निकोलस विरुद्द जर्मनीको सहयोगमा आफ्नो बोल्सेभिक सैन्य दस्ता मार्फत् तख्तापलट (कुप) गरेर शासन हत्याउन सफल भएका थिए भ्लादिमिर लेनिन, यद्यपि हाम्रा वमापन्थीहरु 'लेनिनको महान क्रान्ति' भन्दै भ्रम छर्न कत्तिपनि हिच्किचाउँदैनन् । लेनिनको राजनीतिक-आर्थिक सिद्दान्त कार्ल मार्क्सले प्रतिपादन गरेको 'कम्युनिष्ट मेनिफेस्टो' मा आधारित थियो । जहाँ एक पार्टी नियन्त्रित राजनीतिक-आर्थिक प्रणाली हुनेगर्छ । यो घटना थियो - सन् १९१७ को । अर्थात् होर्क हाइमरको उक्त भनाई भन्दा ६ वर्ष अघि ।
पढ्दा, सुन्दा र कल्पना गर्दा बडो आनन्दित र रोमाञ्चित बनाउने मार्क्सवाद लागु गरिएको ६ वर्ष बितिसकेको थियो । सत्ता, शक्ति, राज्यको स्रोत र साधन माथी पुर्णरुपमा एउटा पार्टीको नियन्त्रण हुँदा पनि मार्क्सवादले कल्पना गरेजस्तो परिणाम हात नलाग्ने लक्षणहरु प्रशस्त देखियो। कम्युनिज्मले भनेजस्तो आदर्श समाज स्थापित गर्न नसक्ने स्थिति आएपछी विविध विमर्श चल्न शुरु भएको थियो उक्त फ्र्याँकफर्ट स्कुलको गुटमा ।
फ्र्याँकफर्ट स्कुलमा पहिलो पुस्ताको मार्क्सवादी बुद्दिजीविहरुको रुपमा म्याक्स होर्कहाइमर, हर्बर्ट मार्क्युज, वाल्टर बेन्जामिन लगायतका थिए । यिनिहरु सबै यहुदी सांभ्रान्त वर्गका थिए । यिनिहरुले रसियाको 'क्रान्ति', लेनिनको शासन र त्यहाँ लागु भएको कम्युनिज्मलाई नजिकबाट नियालेका थिए र त्यहि अनुरुप विश्लेषण पनि गरेका थिए । उनीहरुले कम्युनिज्म सत्तामा आएपछि जनताको विश्वास गुमाएको पाए ।
अन्ततः उनीहरु क्रान्ति बन्दुकबाट सम्पन्न नहुने, कम्युनिज्म यो तरिकाले लागु गर्न नसकिने, त्यस्तै, मार्क्सवादमा व्यापक समस्या रहेको, मार्क्सको सिद्दान्त अपुर्ण रहेको र यो व्यापक क्रान्तिकोलागी अपर्याप्त भएको भन्ने निर्णयमा पुगे ।
मार्क्सवादी विचारकहरु यो कुरा उतीबेलै अर्थात् आजभन्दा सय वर्ष अगाडी नै स्विकारिसकेको देखिन्छ कि कम्युनिज्म समाजमा लागु गर्न सँकिदैन । सोचौँ, हामी कम्युनिज्मको यो समय-रेखालाई बुझ्न अझै कति असमर्थ छौँ !
रसियामा लेनिन शैलीको सफलतापछि विश्वमा नै कम्युनिज्म र समाजवादको उभार व्यापक उर्लंदै थियो । लाल किल्लाहरु धमाधम स्थापना हुने मार्गमा गए । सजिलो र छिटो सत्तामा पुग्ने बाटोको रुपमा धेरै देशका कामरेडहरुले पनि लेनिन विधि अपनाए । विश्वमा एक किसिमको मार्क्सवाद-समाजवादको खहरे भेल शुरुभयो । तर मार्क्सवादको सैद्दान्तिक अपुर्णता र खोक्रोपनलाई घ्राण गर्न उतीबेलै तीनै फ्र्यांकफर्ट स्कुल लगाएतका विचारक भने सफल भैसकेका थिए ।
गरिब र सर्वहाराकोलागि 'क्रान्ति' भनेपनि, सपनाको गुड्डी जति उडाएपनि बन्दुक, हत्या, हिंसा, आदि जस्ता आतंकि गतिविधि मार्फत सत्ता वा राज्य कब्जा गर्ने यो विधि क्लासिकल कम्युनिज्म हो । जसलाई पंक्तिकारले कम्युनिज्मः १.० भन्ने गरेको छ । बन्दुक, सत्ता र कानूनबाट डर, भय, आतंक पैदा गराएर तपाईंले मानिस वा समाजलाई चिरन्तर नियन्त्रण गर्न नसक्ने भन्ने निर्क्यौलमा कम्युनिज्मः १.० लाई समर्थन गर्ने विचारकहरु पुगे । पिरामिड शैलीको राज्य संरचनामा राजनीतिक रुपमा सिधै माथीबाट त कब्जा भयो तर त्यसले सम्पुर्ण समाज र राज्य माथी नै निरन्तर नियन्त्रण राख्न भने असफल रह्यो । यस्तो राजनीतिक-आर्थिक नियन्त्रणात्मक व्यवस्था विरुद्द जनताले 'रिटालिएट' गर्ने र राज्यले आर्थिक रुपमा पनि घुँडा टेक्ने भन्ने बुझे ।
यी सम्पुर्ण आयामको बृहत मुल्यांकन तथा विश्लेषण पश्चात फ्र्यांकफर्ट स्कुलका विचारकहरुले अलग तरिकाबाट खेल रच्न शुरु गरे । यसलाई सरल र बुझ्ने भाषामा भन्दा - तेवर उही तरिका फरक । अर्थात् मार्क्सका मूल भाव, सिद्दान्त आदिलाई यथावत् राखेर समाजमा द्वन्द्वका नयाँ-नयाँ भाष्य निर्माण गर्ने । किनभने मजदुर र मालिक वा किसान र सामन्ती जस्ता द्वन्द्वका भाष्यहरु चिरस्थायी नहुने र यस प्रकारको भाष्यको सान्दर्भिकता पनि निश्चित अवधीसम्म मात्र रहने भन्ने बुझे ।
एउटा गरीब सदैव धनीसङ्ग संघर्ष गर्ने भन्दा पनि आफ्नो गरिबीबाट मुक्त हुने कुरामा अधिक रुची राख्दछ । यसबाहेक ती गरिब र धनी एकै राष्ट्रियता, सामाजिक परम्परा वा सांस्कृतिक सुत्रहरुबाट पनि बाँधिएका हुन्छन् । जसले गर्दा कुनै न कुनै विन्दुमा गएर त्यो द्वन्द्वको भाष्यलाई समाजले अस्विकार गर्ने स्थिति आएको थाहा पाए ।
तत्पश्चात फ्र्यांकफर्ट स्कुलले सामाजिक वर्ग-संघर्षलाई विविध तरिकाले परिभाषित गर्न शुरु गरे । नयाँ-नयाँ सामाजिक द्वन्द्वहरु रच्न लागिपरे । रणनीति परिवर्तन गरेर आफ्ना मतहरुलाई समाजमा स्थापित गर्नु अघि समाजको समाजिक-सांस्कृतिक मत तथा मापदण्डलाई विस्थापित गर्ने होडमा लागे । धनी र गरिबको संघर्षले मात्र समाज छिन्न-भिन्न नहुने भएकोले समाज जोड्ने परिवार, नैतिकता, धर्म, अनुशासन आदि सबै विरुद्द अन्धाधुन्ध हमला गर्न शुरुगरे । यसै रणनीति अन्तर्गत समाजको एक महत्त्वपुर्ण क्षेत्र शिक्षा र शैक्षिक संस्थामा विशेष तवरले कब्जा गर्न शुरु गरे ।
मार्क्सवाद-लेनिनवाद विचारधाराको 'एजेन्ट'हरुले शैक्षिक संस्थाका पाठ्यक्रमहरु मार्क्सवादको आधारभुत सिद्दान्त (शोषक र शोषित जस्ता रचित अवधारणा) मा आधारित भएर निर्माण गर्छन् । व्यवहारिक र वास्तविक सिकाइलाई निरुत्साहित गर्ने, न्युनतम नैतिक मूल्य-मान्यताबाट वञ्चित गराउने जस्ता विषयको प्रधानता हुन्छ । शिर निहुऱ्याएर ढोग्नु वा पाउ ढोग्नु आदिलाई 'सामन्ती संस्कार' को संज्ञा दिन्छन् ।
यसरी एक निश्चित विचारको द्वारबाट आफ्ना मत अनुमोदन गराउन शिक्षाका पाठ्यक्रमहरुमा कब्जा गर्नु उनीहरुको मूल ध्येय हुंदै आएको छ । जस्तैः भारतमा रोमिला थापर, इर्फान हबिब जस्ता मार्क्सिस्ट इतिहासकारद्वारा लिखित पाठ्यक्रममा विदेशी आक्रमणकारीको गुणगाण गाएर तर सनातनीलाई छुवाछुत र सति 'प्रथा' जस्ता विषय घुसाएर हिनताको शिक्षा सिकाइएको छ । त्यस्तो शिक्षाबाट शिक्षित युवाहरु आफ्नो इतिहास, सभ्यतालाई बचाउ गर्दैनन् । यसले मात्र मन-मस्तिष्कमा निराशा बोध गराउँछ ।
बाल तथा युवा-मस्तिष्कलाई त्यस्ता पाठ्यक्रम मार्फत बेलैमा 'हाइज्याक' गरेर मार्क्सवादी कोण घुसाइयो भने वयस्क हुंदासम्म वैचारिक सोचको आयाम नै साँघुरो हुनजान्छ र त्यस्ता साँघुरो सोचले द्वन्द्व तथा हिंसालाई महान कार्यको रुपमा बुझ्दछ । दिर्घकालिन रुपमा कम्युनिष्टकोलागी हतियारधारी मिलिसिया भन्दा यस्तो मानसिकता बोकेको वैचारिक मिलिसिया अती प्रभावकारी हुन्छ भन्ने बुझाई फ्र्यांकफर्ट स्कुलका विचारकहरुको थियो । यहाँ बुझ्नुपर्ने अर्को विषय के भने एउटा निश्चित विचारधाराबाट संस्थागत भएको मानसिकताले गर्ने निर्णय वा फैसलामा 'क्रिटिकल मोरल' न्युन हुनजान्छ ।
कुनैबेला लाल-झण्डा र लाल-पुस्तक बोकेका हतियारधारी कामरेडहरु निश्चित राजनीतिक शब्दवली सहित समाजमा देखापर्थे । त्यस्तै, लामो दाऱ्हि पालेको, झोला भिरेको, फाटेको पाइजामा लगाएको, चप्पलको पड्काउँदै गाउँ-गाउँ चाहारेको 'सर्वहारा' कार्यकर्ता पनि देख्थ्यौँ । तर आज स्थिति फरक छ । कम्युनिष्टले आफ्नो स्वरुप पुर्ण रुपमा परिवर्तन गरिसकेको छ । यो अहिले थप विषाक्त भएर वामपन्थको रुपमा आएको दशकौँ भैसक्यो । अझ, एक पाइला अघि बढ्दै आत्मघाती उदार-वामपन्थको स्वरुप लिएको पनि वर्षौँ भैसक्यो । यो परिवर्तित स्वरुप नै कम्युनिज्मः २.० हो ।
आज हथियारधारी कामरेड चाहिन्न, त्यसको प्रतिस्थापन विश्वविद्यालयले वर्षेनी सयौँको संख्यामा 'ब्रेनवाश' भएका युवाहरु मार्फत् गर्दछ । चप्पल पड्काउँदै तलुवा खियाउने दिन गए, आज त्यस्ता नव-कामरेडहरु एसयुभी गाडीमा फुल एसि खोल्दै सवार हुने र तारे होटलमा गएर पर्यावरण तथा महिला सशक्तिकरणको गोष्ठीमा भाषण दिने गर्छन्, सङ्गै माइतिघर मण्डलामा अर्को जमात ओरालेर समलिंगी विवाह, गाई काट्न पाउनुपर्ने जस्ता माग राखेर प्रदर्शन गर्न लगाउँछन् । यहाँसम्म कि 'मेरा बाबु बलात्कारी' भन्दै पेटीकोट देखाउँदै प्रदर्शन गर्न पनि लाज मान्दैनन् ।
तसर्थ, समाज विखण्डनका विविध क्रियाकलाप तथा नयाँ-नयाँ द्वन्द्वको भाष्य रचना र त्यस्ता रचित भष्यले निर्माण गर्ने सामाजिक द्वन्द्वको केन्द्र नै अहिलेका वामपन्थीहरुको 'मोडस ओपरान्दी' हो ।
अन्त्यमा,
समाज अस्थिर बनाउन असंख्य मात्रामा द्वन्द्वका केन्द्रहरु निर्माण गर्ने, त्यही अनुरुप सामाजिक मनोविज्ञान समेत नियन्त्रण गर्ने र अन्ततः सत्ता र शक्ति हात पारेर निरन्तर शासन गर्ने विधि नै कम्युनिज्मः २.० हो । तपाईंको मस्तिष्कले के सोच्ने के नसोच्ने भन्ने निर्धारण पनि अहिले कम्युनिज्मः२.० गर्छ । यसरी मानिसको मस्तिष्क नियन्त्रण गरेर समतामूलक समाज निर्माण हुन्छ भन्नु र हिजो सम्पुर्ण स्रोत र साधनमा राज्यले कब्जा गरेर वितरण गर्दा समानता आउँछ भन्नु एकै हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पुर्वगृहमन्त्री लेखक पाँच महिनापछि पुगे जलेको पुर्खौली घर
-
कांग्रेस नेता ढकालद्वारा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको एजेन्डा निर्वाचन घोषणापत्रमा समेट्न लिखित प्रस्ताव
-
मकवानपुर–१ मा अनुभवी र नयाँ अनुहारबीच रोचक चुनावी भिडन्त
-
ललितपुरमा एमाले र माओवादीका पूर्ववडा अध्यक्ष कांग्रेसमा प्रवेश
-
काँग्रेसमै फर्किंइन् रास्वपा जुम्ला उपसभापति तारा शाही
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।