चीनले चन्द्रमाको दक्षिणी ध्रुवको वातावरण तथा स्रोतको विस्तृत अध्ययन गर्ने
२०८३ जेठ १० आईतवार
- चीनको चन्द्र अन्वेषण अभियान ‘चाङ–ई–७’ ले चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा वातावरण तथा स्रोतको विस्तृत अध्ययन गर्ने भएको छ ।
काठमाण्डौ, १० जेठ । चीनको चन्द्र अन्वेषण अभियान ‘चाङ–ई–७’ ले चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा वातावरण तथा स्रोतको विस्तृत अध्ययन गर्ने भएको छ । यो अभियान यसै वर्षको अन्त्यतिर प्रक्षेपण गरिने चीनको मानव अन्तरिक्ष निकायले जनाएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार निकायका प्रवक्ता झाङ जिङ्बोले अभियानमा परिक्रमा, अवतरण, रोभर सञ्चालन तथा ‘हपिङ’ प्रविधिसहितको व्यापक अन्वेषण पद्धति अपनाइने बताएका छन् । चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा केन्द्रित यो रोबोटिक अभियानको मुख्य उद्देश्य पानीको बरफ खोज्नु र भविष्यमा अनुसन्धान केन्द्र स्थापना गर्न सकिने सम्भावनाको अध्ययन गर्नु रहेको छ ।
गत अप्रिलमा ‘चाङ–ई–७’ यानलाई दक्षिणी टापु प्रान्त हाइनानस्थित प्रक्षेपण केन्द्रमा पुर्याइएको थियो । अहिले त्यहाँ प्रक्षेपणअघिका आवश्यक तयारी भइरहेको जनाइएको छ । झाङका अनुसार अभियानसँग सम्बन्धित सबै काम योजनाअनुसार सहज रूपमा अघि बढिरहेका छन् ।
सन् २०२३ मा भारत चन्द्रमाको कम अध्ययन गरिएको दक्षिणी ध्रुव नजिक सफल अवतरण गर्ने पहिलो देश बनेको थियो । भारतले ‘चन्द्रयान–३’ अभियानमार्फत ‘प्रज्ञान’ रोभरलाई चन्द्र सतहमा उतारेको थियो । त्यसपछि चीनको ‘चाङ–ई–६’ अभियानले चन्द्रमाको पृथ्वीबाट नदेखिने टाढाको भागबाट पहिलोपटक नमुना सङ्कलन गरेर पृथ्वीमा फर्काउने उपलब्धि हासिल गरेको थियो ।
चीनले सन् २०३० सम्म चन्द्रमामा मानवसहितको अन्तरिक्ष यान अवतरण गराउने लक्ष्य पनि अघि सारेको छ । झाङका अनुसार चीनले मानवयुक्त तथा मानवविहीन चन्द्र अभियानलाई एकीकृत रूपमा अघि बढाइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
के इरान संवर्धित युरेनियम भण्डार छोड्न तयार भएको हो ?
-
पोखराको फिर्केखोला आसपास बनेका संरचना आजदेखि हटाइँदै
-
राष्ट्र बैंकको नयाँ व्यवस्था: बैंक तथा वित्तीय संस्थामा अतिरिक्त काम गराए ओभरटाइम भुक्तानी दिनुपर्ने
-
चीनले चन्द्रमाको दक्षिणी ध्रुवको वातावरण तथा स्रोतको विस्तृत अध्ययन गर्ने
-
एम्बाप्पेको स्पेनिस ला लिगामा लगातार दोस्रो बर्ष धेरै गोल, जिते पिचिची ट्रफी
धेरै पढिएको
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।